बैसाख २०, २०८३ आइतबार May 3, 2026

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र ९मिसाइल० प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो ।यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

दक्षिण कोरियाली सेनाका प्रमुखले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ । सो क्षेप्यास्त्र समुद्रको पानीमा खसेको र दक्षिण कोरियाको पूर्वी सामुद्रिक तटमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ । तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन । कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार