बैसाख २०, २०८३ आइतबार May 3, 2026

द्वन्द्वका कारण यमनमा मृत्यु भएका र घाइते भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ ।

गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो । यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

“सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा घाइते भएका र मृत्यु भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढीरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रसङ्घीय निकायका एक जना प्रवक्ताले प्रतिवेदनको सारंश प्रस्तुत गर्दै अवस्था चिन्ताजनक हुँदै गएकाले द्वन्द्व अन्त्य गर्न पनि सरोकारवालाहरुलाई आह्वान गरेका छन् । द्वन्द्वबाट पीडित भएकाहरुका लागि सयौँ लाख रुपैयाँ सहयोगको खाँचो रहेकोमा पनि राष्ट्रसङ्घीय अधिकारीहरुले जोड दिएका छन् ।

“प्रत्येक पाँचमध्ये चार बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिएको छ, त्यस्ता बालबालिका एक करोड १० लाखभन्दा बढीरहेका छन्,” प्रतिवेदनमा लेखिएको छ । द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार