बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अब पूरै देश ‘यती’कै जिम्मा लगाए भैगो : बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । समाजवादी पार्टी (सपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विवादित गोकर्ण फरेस्ट रिर्सोट प्रकरणबारे व्यंग्य गरेका छन् ।

‘यती’को खोजीमा वैज्ञानिकहरू आजित भएको वैज्ञानिकहरू आजित भएको बेला हाम्रा प्रम र आसेपासेहरूले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन्’ डा. भट्टराईले सामाजिक सञ्जालमा ट्विट गरेका छन्, ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्ने गोकुवा गरेछन् ।’
पूर्वप्रधानमन्त्री भट्टराईले देश नै ‘यती’ समूहलाई जिम्मा लगाउने त भन्ने व्यंग्य कसेका छन् । उनले लेखेका छन्, ‘उसो भए पुरै देश ‘यती’कै जिम्मा लगाए भैगो, समृद्ध नेपाल बनाउने क्या गजब काइदा ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भने शनिबार स्वतन्त्र संघसंस्थाबाट मुल्यांकन गराएर कानूनी ढंगले नै भाडा दिएको धारणा राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया