बैसाख २०, २०८३ आइतबार May 3, 2026

उत्तर कोरियाद्वारा मिसाइल परीक्षण गरेको स्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले सबमरिन–लञ्चड् ब्यालेष्टिक मिसाइलको सफल परीक्षण गरेको बताएको छ ।

यसअघि दक्षिण कोरिया र जापानले मिसाइल परीक्षण भएको बताएपनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको थिएन ।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले परीक्षण गरिएको मिसाइलमा यसअघिको भन्दा उत्कृष्ट नियन्त्रण क्षमतायुक्त प्रविधि रहेको उल्लेख गरेको छ । उसले सन् २०१६ मा सबमरिनबाटै ब्यालेष्टिक मिसाइल प्रहार गरेको थियो ।

केसिएनएले परीक्षण सम्बन्धी समाचारमा नेता किम जोङ(उनको नाम उल्लेख नगरेका कारण परीक्षणको समयमा उनी अनुपस्थित हुन सक्ने अनुमान छ ।

हिजो उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेष्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो । गएको जनवरी महिनामा सार्वजनिक उक्त मिसाइल परीक्षण गरिएको हो ।

उत्तर कोरियाले आफ्नो मिसाइल विश्वकै शक्तिशाली हतियार भएको बताएको थियो । उता दक्षिण कोरियाले पनि केही हप्ता अघि सोही प्रकृतिको हतियार सार्वजनिक गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार