बैसाख २०, २०८३ आइतबार May 3, 2026

अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गनसंयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्रह गर्नु भएको छ ।उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन् ।

अफगानिस्तानका लागि ‘युएन वुमन’ का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ कि अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका संघसंस्थाहरुले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नुपर्दछ ।

उहाँले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरुले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गर्नुभएको हो ।

तालिबानीहरुले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट बञ्चित नगर्न विश्वका देशहरुले आग्रह गरिरहेका छन् । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार