बैसाख २०, २०८३ आइतबार May 3, 2026

चीनले आक्रमण गरे ताइवानको रक्षा गर्छौंः अमेरिकी राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको  रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ’, राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् ।  यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीतिक अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रूपमा अस्पष्ट छ ।

चीनले ताइवानलाई आफूबाट विभाजित भएको एउटा प्रान्तको रूपमा व्यवहार गर्दै आएको छ, जबकि ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको भनाइ तटस्थ छ । उसले  चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुने जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
२०८३ बैसाख २०, आइतबार
लिग–२ मा आज ओमान र यूएई भिड्दै, अंक तालिकामा सुधारको लक्ष्य
२०८३ बैसाख २०, आइतबार
प्रिमियर लिग : फुलह्याममाथि आर्सनलको सहज जित
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैसाख २०, आइतबार
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
२०८३ बैसाख २०, आइतबार
रास्वपा सचिवालय बैठक आज ‘घन्टीघर’मा बस्दै
२०८३ बैसाख २०, आइतबार
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
२०८३ बैसाख २०, आइतबार