बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेल पक्राउ परेका छन् ।

सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले गजुरेल पक्राउको पुष्टि गरेका छन ।

प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा ढु‌ंगामुढा हुँदा २ जना प्रहरीसमेत घाइते भएका छन् ।

घटनापछि प्रहरीले गजुरेलसहित १० भन्दा धेरैलाई पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया