काठमाण्डौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि २०७४ को समयमा पर्सा जिल्ला निके उबर क्षेत्र थियो । उपेन्द्र यादवको प्रभाव क्षेत्र कम भएर पनि अवसर बढी लिन सफल जिल्ला पनि हो । त्यो समयमा यो जिल्लामा महन्थ ठाकुर र विजय गच्छदारको प्रभाव बढी थियो।
अझ, राजावादीहरूको प्रभाव भएका कारण राप्रपाको प्रभाव पनि पर्सा जिल्लामा छदैछ तर, उपेन्द्र यादवले पर्साबाट प्रशस्त फाइदा लिए। अहिले त पर्सा प्रवेश प्रतिबन्ध लाग्ने अवस्था सिर्जना भएको छ ।
त्यतिबेलाको तमलोपाका नेताहरू काग्रेसका नेताहरू उपेन्द्र यादवको पार्टीमा प्रवेश गरे । त्यसो गर्दा उपेन्द्र यादवको पार्टीले वीरगञ्ज महानरपालिकाका मेयर समेत पाउन सफल भयो । कांग्रेसनिट विजय सरावगी उपेन्द्र यादवको पार्टीमा प्रवेश गरेर महानगरको मेयर जिते । त्यसले उपेन्द्रको पार्टीलाई ठूलो बल दिएको थियो। त्यसपछि तमलोपा छोडेर विमल श्रीवास्तव पनि उपेन्द्र यादवकै पार्टीमा आए।
विमलहुनलाई विजय गच्छदारसँग पनि थिए। तर, संघीय सांसद् हुने बेलामा उपेन्द्र यादवको पार्टीमा आए। उनीहरू उपेन्द्र यादवको पार्टीमा आउँदा ठूलो जनमत पनि आयो। उनीहरूको प्रभाव पनि बलियो थियो । जसले गर्दा उपेन्द्र यादव पर्सा जिल्लामा निकै बलियो देखिएको थियो । तर अहिले तिनै श्रीबास्ताव र सरावगी उपेन्द्रको साथमा देखिन छाडेका छन् । साँघु साप्ताहिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया