भाद्र २८, २०८३ आइतबार September 13, 2026

स्याउ एक फाइदा अनेकः यस्ता छन् स्याउ खानुका १० फाइदाहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्याउ नेपालमा मात्र नभएर संसारभर नै सबैभन्दा धेरै खरिद बिक्री हुने फलफूल हो । केरापछि यसको किनबेच अधिक हुने गरेको अनुमान छ ।

नेपालमा पनि केरापछि स्याउको खरिद बिक्री हुने गरेको विभिन्न अध्ययनमा देखिएको छ । नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ ।

नेपालमा आन्तरिक उत्पादनले सिजनको समयमा बजार नपाउँदा विभिन्न देशबाट आयात गरिएको स्याउ भने महँगोमा किनेर खानु पर्ने बाध्यता रहेको छ । स्याउ जुनसुकै समयमा खान मिल्ने एक स्वादिष्ट फल हो ।

व्यवसायीकाअनुसार नेपालमा चीन, भारत, अमेरिका, युरोपका विभिन्न देशबाट स्याउ भित्रिन्छ । आज हामीले स्याउका प्रमुख १० फाइदाका विषयमा जानकारी प्रस्तुत गर्दैछौँ ।

जुनसुकै रोगका बिरामीले खान मिल्ने

पोषक तत्वका कारण स्याउले हाम्रो शरीरलाई चाहिने तत्वहरु प्रदान गर्छ । यसमा भिटामिन र खनिज पनि पाइन्छ ।

स्याउ बिरामी हुँदा खानका लागि उपयोगी फल हो । यो जुनसुकै प्रकारका बिरामीले खान मिल्ने विभिन्न अध्ययनले देखिएको छ ।

मुटु रोगीका लागि फाइदा

मुटु रोगीका लागि स्याउ खानु राम्रो हो । स्याउमा नियासिन र फाइबर पाइन्छ । जसले कोलेस्ट्रोलको लेबललाई कन्ट्रोल गर्दछ । रगतमा चिनीको मात्रा पनि कन्ट्रोल राख्दछ ।

स्याउ सेवनले मुटुको रक्तनलीको समस्या, मांसपेशीमा हुने समस्या जस्ता घातक समस्यालाई कम गर्छ ।

एनिमियाको उपचारमा सहयोगी

स्याउ खाँदा एनिमियाबाट मुक्त गर्न मद्दत गर्छ । एनिमियाले मानिसको शरीरमा हेमोग्लोबिन कम हुँदै जान्छ ।

स्याउमा आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसैले नियमित स्याउ खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ ।

अनुहारमा चमक

स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले अनुहारमा रहेको समस्यालाई समाधान गर्न ठूलो मद्दत गर्दछ ।

अनुहारमा दाग, धब्बा हुने मान्छेले हरेक दिन एउटा स्याउ खाँदा गर्दा समस्या समाधान हुन्छ । अनुहारको छालामा पनि चमक आउँछ ।

तौल कम गर्न सहयोग

तौल घटाउनका लागि नियमित डाइटमा दुई वटा स्याउ समावेश गर्न चिकित्सकले सुझाव छ ।

स्याउमा पाइने पोषक तत्वले हाम्रो शरीरलाई बलियो बनाउँछ । स्याउ खाँदा भोक कम लाग्ने र तौल सन्तुलनमा जाने चिकित्सकको दावी छ ।

स्मरण शक्ति बढ्छ

स्याउमा भिटामिन ए, बि, सि, क्याल्सियम, पोटासियम तथा एन्टिअसिडेन्ट भरपुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

स्याउ सेवनले मस्तिष्कमा रहेको तनाव कम गर्छ । यसले स्मरण शक्ति बढ्ने गर्छ । दैनिक स्याउ सेवनले अल्जाइमरको खतराबाट मुक्त दिलाउँछ ।

फोक्सोको सफाइ

स्याउको नियमित सेवनले फोक्सोको सफाइमा विशेष भूमिका खेल्छ । पाचन प्रणाली स्वस्थ राख्न यसले मद्दत गर्छ ।

पेटमा भएका विभिन्न स्वास्थ्य समस्या समाधानमा पनि स्याउले सहयोगी भूमिका निर्वाह गर्छ ।

मिर्गौलाको पत्थरी काम गर्न

स्याउको नियमित सेवनले मिर्गौलाको पत्थरी भएका व्यक्तिलाई सहयोग गर्छ । यसले पत्थरी रोक्ने र स-साना पत्थरीलाई पिसाबको माध्यमबाट बगाउन मद्दत गर्छ ।

निमोनियाको जोखिम कम गर्न

स्याउमा पाइने विभिन्न तत्वले एन्टिब्याटेरियल इम्युन क्षमता बढाएर निमोनियाजस्ता रोगको जोखिम कम गर्छ ।

यसमा पाइने धेरै प्रकारका खनिज तथा भिटामिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिन्छ ।

आँखाको दृष्टि राम्रो

स्याउमा भिटामिन ए पाइन्छ । जसले आँखाको दृष्टि बढाउन मद्दत गर्दछ ।

दैनिक रुपमा स्याउ खाँदा आँखाको दृष्टि बढ्ने मात्र नभई आँखामा हुने अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ । -एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार