वैशाख ६, २०८१ बिहिबार April 18, 2024

सुदूरपश्चिममा थपिए १७ सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । चौविस घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट  एक हजार ५५ जनाको नमूना परीक्षण गर्दा १७ जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सात जनामा पीसीआर र दश जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा छ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात, कैलालीका दुई र अछामका एक जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन्, उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एकको पनि मृत्यु भएको छैन । यसअघि यस प्रदेशमा विहीबार २९ जनामा सङ्क्रमण पुष्टि हुँदा १२ जना घर फिर्किएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया