श्रावण २, २०८२ शुक्रबार July 18, 2025

प्रधानन्यायाधीशको राजीनामा माग्दै बार आन्दोलनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन्। इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन्। समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ।

प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए। प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो। त्यो इजलाससमेत बस्न सकेन।

सर्वाेच्चका न्यायाधीशहरूले मुद्दा नहेरेपछि उनीहरूविरुद्ध तीनवटा रिट निवेदन पेस भएका छन्। ती निवेदन दर्ता हुने/नहुने आइतबार निक्र्योल हुने सर्वाेच्च प्रशासनले जनाएको छ।

यता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने भएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले उपत्यका बार एकाइसमेतको सुझावअनुसार कालोपट्टी बाँध्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानन्यायाधीशले विकृति, विसंगति र भ्रष्टाचार रोक्न, न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेकाले राजीनामा मागिएको बारले जनाएको छ।

‘कात्तिक १४ देखि १७ सम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधेर विरोध कार्यक्रम गर्ने र कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन उपत्यकाका बार एकाइका कानुन व्यवसायीलाई अनुरोध गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। देशभरका बारका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरी सुझाव संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ। ‘कार्यक्रम अवधिभर राजीनामा नआएमा विरोधका थप कार्यक्रम घोषणा गर्ने’, बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। – नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार