श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोप २६ सम्मेलनः प्रधानमन्त्री देउवा लण्डनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य (बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन पुगेका छन् । शुक्रबार स्थानीय समय अनुसार ८ः२० बजे उनी लण्डन पुगेका हुन ।

त्यस क्रममा प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासकी कार्यबाहक राजदूत श्रीमती रोशन खनाल, बेलायतको संसद हाउस अफ कमन्सका सदस्य तथा नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष बीरेन्द्र शर्मालगायत दूतावासका उच्च अधिकारीले लण्डनस्थित हिथ्रो बिमानस्थलमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री देउवाले आज नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन र त्यसैगरी प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्नेछन । अक्टोबर ३१ मा प्रधानमन्त्री देउवा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी प्रधानमन्त्री देउवाले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद् सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नेछन ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा ग्लास्गोमा हुने कोप–२६ को औपचारिक उदघटन समारोहमा सहभागी हुन लण्डनबाट अक्टोबर ३१ मा त्यसतर्फ प्रस्थान गर्नेछन । उदघाटनको साँझ प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन । प्रधानमन्त्री देउवाले त्यस अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने हुने बताइएको छ ।

त्यसैगरी नोभेम्बर २ मा प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने हुनेछन । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ मा स्कटल्याडको एडिनबर्गस्थित रोयल बोटानिकल गार्डेनको भ्रमण गरी नेपाली बगैँचामा बिरुवा रोप्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन । प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेश फर्कनेछन । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ । -आजको गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार