मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

साउदी अरेबियाले लेबनानसँगको आयातमा प्रतिबन्ध लगायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लेबनानका सूचनामन्त्री जर्ज कोर्दाहीको विवादास्पद भिडियो सार्वजनिक भएपछि साउदी अरेबियाले शुक्रबार बेरुतबाट आफ्ना राजदूत फिर्ता बोलाएको छ र लेबनानी राजदूतलाई ४८ घण्टाभित्र साउदी अरब छोड्न भनेको छ । यससँगै साउदी अरेबियाले लेबनानसँगको आयातमा प्रतिबन्ध लगाएको छ ।

समाचार एजेन्सी एपीका अनुसार साउदी अरेबिया सरकारको निर्णयको केही घण्टापछि बहराइनले पनि लेबनानी राजदूतलाई दुई दिनभित्र आफ्नो देश फर्किन आदेश दिएको छ। बहराइनको विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ ।

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले साउदी सरकारको कदमप्रति खेद प्रकट गर्दै साउदी अरेबियालाई आफ्नो निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो सरकारले साउदी अरेबियासँगको गहिरो सम्बन्धलाई हानि पु¥याउने कुनै पनि कुरालाई अस्वीकार गरेको बताए । विवादको केन्द्रमा हालै लेबनानका सूचना मन्त्री बनेका पूर्व टिभी कार्यक्रम होस्ट जर्ज कोर्दहीको पुरानो भिडियो छ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा कोर्दाहीले यमनको युद्धलाई मुर्खतापूर्ण र साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको ‘आक्रमण’ भनेर व्याख्या गरेका थिए।

उनले यो युद्ध बन्द हुनुपर्ने बताएका छन् किनभने उनी अरबबीचको युद्धको विरुद्धमा छन् । यो भिडियोको विवादपछि लेबनान सरकारले कोर्दहीलाई राजीनामा दिन दबाब दिन थालेको छ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार