भाद्र २८, २०८३ आइतबार September 13, 2026

जाडोमा किन खाने गुड ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: जाडो सुरु भएको छ । जाडोसँगै प्रदूषणको प्रकोप पनि बढिरहेको छ । यतिबेला अधिकांश मानिस प्रदूषणका कारणले विभिन्न स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन्।

रुघाखोकी लाग्ने, घाँटी दुख्ने, टन्सिल बढ्ने र निमोनियाजस्ता रोगबाट प्रभावित हुने बिरामीको संख्या दिनप्रतिदिन बढ्दो  छ।जाडोमा स्वास्थ्यप्रति ख्याल राख्न विज्ञहरुले सुझाएका छन्।

जाडोमा विभिन्न समस्याबाट बच्न स्वस्थ्य खानाको साथै आरामको आवश्यक पर्छ।खानपानमा विशेष ख्याल राख्न सके पनि कतिपय रोग लाग्नबाट बच्न सकिन्छ।प्रदूषणबाट बच्न घरेलु उपाय सबैभन्दा राम्रो मानिन्छ।

घरेलु उपायअन्तर्गत गुड लिन सकिन्छ। गुडले शरीरमा भएको खराब तत्वलाई बाहिर निकाल्ने काम गर्छ। त्यसैले गुडको विशेषता थाहा पाएकाहरु खानापछि गुड खाने गर्छन्।गुडले पाचनको काम गर्ने भएकाले खानापछि गुड खानु राम्रो मानिन्छ।

साथै गुडले पाचनक्रियालाई ठीक राख्छ।यतिमात्र नभएर गुड दम रोगीका लागि फाइदाजनक हुन्छ।यसले एन्टीबायोटिकको काम गर्ने भएकाले दम रोगीका लागि गुड फाइदाजनक हुन्छ।

एक चम्चा मक्खनमा अलकति गुड मिसाएर दिनको ३-४ पटक खाँदा शरीरलाई निकै फाइदा हुन्छ। गुड तोरीको तेलमा मिलाएर खाँदा श्वासप्रश्वासम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

के पाइन्छ गुडमा

गुड एक औषधि तत्व भएको खान्की हो।यसमा आइरन, क्याल्सियम, फस्फोरस,आयरन कपरको मात्रा प्रशस्त रहेको हुन्छ। यसमा क्याल्सियम, फस्फोरस, आयरन कपरको मात्रा  प्रशस्त रहेको हुन्छ। गुडमा सुक्रोज ५९.७ प्रतिशत,ग्लुकोज २१.८ प्रतिशत,खनिज तरल २६ प्रतिशत र पानीको मात्रा ८.८६ प्रतिशत रहेको हुन्छ। -एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार