काठमाण्डौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गरेका छन्।
प्रचण्डले धक्का, छल्याङ भनेर आफैलाई महाविपत्तितर्फ धकेल्दै लगेको अध्यक्ष ओलीको दावी छ।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरे।
नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उनले भने, ‘प्रचण्डले हाल्ने गर्छन नि कथा। प्रचण्डले चितवन गएर के भनेछन भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाडाकुडा मात्रै करोडौंको किनेको रहेछ भनेर।
मेरो भान्सामा त भाडाकुडा पनि आफ्नै हुन्थे। के को किन्नु सरकार बेकार। मलाई केही चाहिएको छैन। अव त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ। सेनाले खानु पर्यो होला। सेनालाई खाना पकाउनु पर्यो होला। त्यहाँ ग्याँस खर्च भयो होला। अनि करोडौंको भाडाकुडा चाँही के गर्नु?’-नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया