बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

उखु किसानको आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाको ऐक्यवद्धता (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय जनमोर्चाले उखु किसानहरुले गरिरहेको राजधानी केन्द्रित आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

राष्ट्रिय जनमोर्चाकी  उपाध्यक्ष एवं प्रवक्ता, सांसद दुर्गा पौडेलले मंगलबार एक  विज्ञप्ति जारी गरी आन्दोलनको समर्थन गरेकी हुन् । जारी विज्ञप्तिमा उखु किसानहरुमाथि वर्षौंसम्म अन्याय भइरहँदा समेत सरकारले न्याय दिन नसकेको आरोप लगाइएकी छिन्  ।

उखु मिलहरुले किसानलाई भुक्तानी नदिँदा उनीहरुमाथि परेको आघात तथा कृषि क्षेत्रमाथि परेको क्षतिको क्षतिपुर्ती सरकारले नै दिनुपर्ने उनको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रवक्ता पौडेलद्वारा जारी वक्तव्य

राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय
वक्तव्य
उखु मिल मालिकहरुले उखु किसानको एक अरब भन्दा बढी रकम वर्षाै“सम्म नतिरेको कार्यप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो भन्दा गम्भीर दुःख र क्षोभको विषय यो हो कि वर्षौ“देखि किसानहरुमाथि त्यसप्रकारको अन्याय हु“दा पनि सरकारले उनीहरुको न्यायपूर्ण हक दिलाउन सकेको छैन । त्यसको लागि हामीले सरकारको तीब्र आलोचना गर्दछौं ।
हाम्रो जोड यो कुरामा छ कि सम्बन्धित मिल मालिकहरुबाट किसानहरुको बा“की रकम असूल गर्न आवश्यक प्रक्रिया चलाउदै किसानहरुले आफ्नो उखु वापत मिल मालिकबाट लिनुपर्ने बा“की रकम सरकारले आफ्नो तर्फबाट भुक्तानी गर्नुपर्दछ । उखुको त्यति ठूलो रकम बा“की रह“दा कृषिमाथि गम्भीर आघात पुग्ने कुरा प्रष्ट छ । त्यो राष्ट्रिय सम्पत्तिको नै ठूलो क्षति हो । त्यसैले किसानहरुलाई उनीहरुको क्षतिपूर्ति गर्ने जिम्मा सरकारले लिनुपर्दछ ।
अन्तमा आफ्नो न्यायपूर्ण हकको लागि उखु किसानहरुले जुन आन्दोलन गरिरहेका छन्, त्यसलाई समर्थन गर्दै राष्ट्रिय जनमोर्चाले उनीहरुको आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।

मितिः २०७६ पुष १५

दुर्गा पौडेल
उपाध्यक्ष तथा प्रवक्ता

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार