श्रावण २७, २०८३ बुधबार August 12, 2026

अब भाइबरमा जस्तै ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेको छ । एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए । तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो ।

हाल भाइबरमा कम्युनिटी फिचर उपलब्ध छ । त्यस्तै खाले फिचर अब ह्वाट्सएपले पनि उपलब्ध गराउने भएको हो । वाबेटाका अनुसार ‘कम्युनिटी’ फिचरले ग्रुप एड्मिनलाई धेरै महत्त्व दिने जनाइएको छ । जसमा एड्मिनले ग्रप भित्र पनि अर्को ग्रुप बनाउन सक्नेछन् ।

यसको अर्थ जसरी संस्थामा काम अनुसार कर्मचारीको समूह विभाजन गरिन्छ, त्यसैगरी ह्वाट्सएपमा पनि ग्रुपभित्र उप समूहमा विभाजन गर्न सकिनेछ । यस किसिमको सबग्रुप बनाउन सकिने सुविधा मेटा कम्पनीलेले हालै मात्र फेसबुक ग्रुपका लागि समेत सार्वजनिक गरेको छ ।

साथै एड्मिनले कम्युनिटीको लिंकमार्फत नयाँ प्रयोगकर्तालाई इन्भाइट गर्न समेत सक्नेछन् । हालसम्म यो च्याट कस्तो देखिने छ भन्ने विषयमा भने स्पष्ट छैन । तर, यो फिचर पनि इन्ड–टु–इन्ड इन्क्रिप्सन सहित उपलब्ध हुने जनाइएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार