मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोना अपडेटः ३ सय ९० थपिए, ४ सय २५ कोरोनामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा २ हजार ६०६ जनाको RT / PCR र २४२० जनाको Antigent परीक्षण गराउँदा ३९०जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सहित हालसम्म RT / PCR टेष्टबाट संख्या ८ लाख १४ हजार ९२९ जना र Antigent टेष्टबाट ९४ हजार ८३६ जना संक्रमित पुगेको छ।

२४ घण्टामा थप ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टा भित्र मृत्यु भएको संख्या थप ५ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया