भाद्र २७, २०८३ शनिबार September 12, 2026

जाडो बढ्यो ? न्यानो रहनलाई खानुहोस् यी खानेकुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाईँ जाडो मौसममा के खाँदै हुनुहुन्छ ? यदी अन्य समयको बेलाजस्तै खाइरहनुभएको छ भने कृपया त्यसलाई रोक्नुहोस् तपाईँ हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ त्यस्ता फुडहरुका बारेमा जसले जाडो मौसममा सजिलै तपाईँको स्वास्थ्यलाई स्वस्थ्य राख्न सहयोग गर्नुको साथै प्रतिरोधात्मक क्षमतामा पनि सुधार गर्न थाल्छ ।

यसलाई भनिन्छ – सुपरफुड । अर्थात् तागतिला खानेकुरा ।

यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले राम्रोसँग काम गर्दछ भने, रोगहरुले तपाईँलाई छुन सक्ने कारण हुँदैन ।

पुस लागेसँगै जाडो पनि अत्याधिक बढ्दो छ । यो मुटुकाम्ने जाडोमा पनि सुपरफुड हुन त्यो बदाम होस् वा ओखर वा काजु ती सबैमा ‘ओमेगा फ्याटी’ र धेरै खनिजहरु पाइने फुड हुन्, वैज्ञानिकका अनुसार तपाईँको ऊर्जालाई बढाउने मात्र होइन शरीरलाई न्यानो पनि दिन्छ । जाडोमा तारेको र भुटेको खानेकुरा खाँदा पेटमा समस्या उत्पन्न हुन्छ । ती खानेकुराले शरीरलाई न्यानो र स्वस्थ्य राख्छन् र तौल पनि नियन्त्रणमा राख्छन् ।

मह र तातोपानी :

वजन घटाउनको लागि अनुहारको चमकदेखि शरीरका टक्सिन फाल्नको लागिसम्म मह र तातोपानी खानुपर्छ । हुन त सबैको घरमा सजिलै उपलब्ध हुने कुरा हो – मह । तातोपानीमा मह मिसाएर खाँदा हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । महमा मिनरल, भिटामिन, फ्लेभोनोइड्स र एन्जाइम भरपुर पाइन्छ ।

मनतातो पानीमा मह मिसाएर पिउँदा हाम्रो शरीरमा भएको विषाक्त पदार्थ शरीरबाट निस्कन्छन् साथै आन्द्रालाई पनि सफा राख्छ । यसको नियमित प्रयोगले तौल पनि घटाउँछ । यसले छाला पनि सुन्दर बनाउँछ ।

बदाम/आल्डमण्ड :

बदाम दुई किसिमको हुन्छ । एकथरी बदाम हामी हाम्रै माटोमा पनि फलाउन सक्छौँ । अर्कोथरी बजारमा किन्न पाइन्छ । बदाममा म्यांगनिज, भिटामिन ई, प्रोटिन, ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिडलगायत शरीरलाई अत्यावश्यक तत्व पाइन्छ ।

अझ आल्मण्ड बदामलाई राति भिजाएर बिहान खाँदा बढी फाइदा हुन्छ । यसको बोक्रामा टयानिन हुन्छ जसले शरीरको पोषक तत्वलाई कायम राख्न सहयोग गर्नुका साथै शरीरलाई पनि तातो राख्न पोषण दिन्छ ।

ओटमिल/ओट्स :

ओटमिल एकदमै राम्रो ब्रेकफास्ट हो । एकदमै कम क्यालोरी र पोषणले भरपुर यसको नियमित प्रयोगले तपाईँको शक्ति दिन्छ । यसले शरीरबाट विषाक्त तत्व बाहिर निकालेर आन्द्रालाई समेत स्वस्थ्य राख्छ ।

मेवा :

आन्द्रालाई स्वास्थ्य राख्नुका साथै मेवाले पेटमा भएको अनेकौँ समस्यालाई हटाउँछ । खाली पेटमा मेवा खानु उत्तम हुन्छ । यसले कोलेस्ट्रोल घटाउनुका साथै तौल पनि घटाउँछ ।

अरु महत्वपूर्ण खानेकुरा के–के हुन् ?

ल्वाङ, सुकुमेल, दालचिनी, एक टुक्रा अदुवा एक टुक्रा लसुन, एक चिम्टी बेसार राखेको पानी तातो बनाएर पिउने ।

बेला–बेलामा ग्रिन टिको सेवन गर्ने, पानी प्रशस्त पिउने ।

बजारिया, प्लाष्टिकमा प्याक गरिएका, रङ हालिएका, बासी, खानेकुरा नखाने

पर्याप्त पानी, फलफूल र सागपातको सेवन गर्ने । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार