बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

कालापानी सीमा अतिक्रमणबारे राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेकपा सांसद खिमलाल भटराई प्रस्तावक र नेपाली कांग्रेसकी सरिता प्रसाईं समर्थक रहेको कालापानी सीमा अतिक्रमणबारे संकल्प प्रस्ताव राष्ट्रिय सभा बैठकमा बिहिबार दर्ता गरिएको छ।

‘नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा माननीय खिमलाल भटराई प्रस्तावक र माननीय सरिता प्रसाई समर्थक रहेको राष्टिय संकल्प प्रस्ताव दर्ता भएको जानकारी गराउँछु,’ राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बिहिबारको बैठकमा जानकारी गराए।
‘आजको संकल्प प्रस्ताव यसलाई हामीले राष्ट्रिय एकताका साथ निकास दिने हिसाबले अघि बढौं,’ भटराईले सो प्रस्ताव सभामा प्रस्तुत गर्दै भने।
त्यसलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रसाईंले त्यसको समर्थन गर्दै धारणा राखेकी थिइन्।

‘यो राष्ट्रिय मुद्दा भएकोले यसमा सबै एकजुट हुनुपर्ने हुँदा हामीले यसलाई संयुक्तरुपमा प्रस्तुत गरेका हौं,’ उनले भनिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार