मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोना कहरः गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना पुष्टि, २७ जनाद्वारा स्वास्थ्यलाभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै सो अवधिमा १५ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा कास्कीका आठ, नवलपरासी पूर्वका छ र बाग्लुङका एक रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १६३ र होम आइसोलेशनमा एक सय ४२ जना रहेको निर्देशनालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया