मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो । ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो ।

सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी  टोलीले  ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो ।

त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार