मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सवैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ ।

बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुगेकी छन् । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्ने भएको हो ।

सोमबारदेखि मंगलबारसम्ममा गर्नेगरी सैनिक परेडदेखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम आयोजना गरिने भएको छ। संक्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

बार्बाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बार्बाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बार्बाडोसको राज्यप्रमुख ९हेड अफ स्टेट० बेलायतकी महारानी हुने प्रचलन कायम थियो ।

अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गरेकी थिइन्। बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गरेकी थिइन् । तर बार्बाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बार्बाडोसी जनताको मत छ ।

तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ । रासस-एएफवी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार