भाद्र २८, २०८३ आइतबार September 13, 2026

नेपालमा बढ्दै भाडाकी आमा, कति छ पारिश्रमिक ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा भाडाकी आमा (सेरोगेसी मदर) बढ्न थालेको अनुमान गरिएको छ । खासगरी सन्तान नभएका विदेशी पुरुषका लागि नेपाली युवती र महिलाले पैसा लिएर यसरी आमा बनिदिन थालेका छन् । यसरी आमा बन्दा आपसी सहमतिबाहेक अस्पतालहरूको समन्वयमा पाउने पारिश्रमिकका बारेमा पनि एउटा अध्ययनले खुलाएको छ ।

एउटा अध्ययनअनुसार पश्चिमा मुलुकमा भाडाकी आमा बनेवापत कम्तिमा एक लाख ५० हजार डलरसम्म तिर्नुपर्छ । नेपालमा भने ६ हजार डलरसम्म तिर्ने गरिएको छ । कतिपयले भारतीय, पाकिस्तानी र केही युरोपियन पुरुषका लागि नेपाली युवती गर्भवती बन्ने गरेको तथ्यांक बढ्न थालेको बताएका छन् । त्यसका लागि नेपाली युवतीले विदेशी नागरिकसँग मोटो रकम लिने, युरोप अमेरिकातिरको बसाईका लागि कानुनी प्रक्रिया पुरा गरिदिनुपर्ने सर्त राख्ने गरेको बताइन्छ ।

विदेशी उच्च घरानीया, व्यापारी घरानीयाका लागि भाडाकी आमा बन्न नेपालका कतिपय नाम चलेकै युवती पनि गुपचुप ति देशमा पुग्ने गरेको बताइन्छ । नेपालमा सेरोगेसी मदर बन्नका लागि कानुन नभएका बेला नै सुसुप्त हिसाबले चलिरहेको यो प्रक्रियामा मोडलहरूकै संलग्नता पनि बढ्न थालेको थियो । अहिले त नेपाल सरकारले यस प्रक्रियालाई केही सर्त राखेर खुकुलो बनाएको छ । अर्थात, भाडाकी आमा बन्न पाउने कानुन विवादबीच पारित भइसकेको छ ।

‘संसारमा चलेको नियमअनुसार नेपालमा पनि यस्तो प्रक्रिया जारी थियो । तर सामाजिक बन्धन र कानुनको बर्जित रहेकाले मानिसलाई असजिलो थियो । अहिले खुल्नचाहीँ थोरै कठिन होला । तर, कानुनले रोकेको छैन,’ सरकारी अधिकारी भन्छन् । भाडाका आमाबाट सन्तान जन्माउने पद्धति सरोगेट मदरलाई मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यवधि बनाएर व्यवस्थित गर्न भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सरोगेट मदर) समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शैय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड पनि छन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार