वैशाख १५, २०८१ शनिबार April 27, 2024

नेपालमा बढ्दै भाडाकी आमा, कति छ पारिश्रमिक ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा भाडाकी आमा (सेरोगेसी मदर) बढ्न थालेको अनुमान गरिएको छ । खासगरी सन्तान नभएका विदेशी पुरुषका लागि नेपाली युवती र महिलाले पैसा लिएर यसरी आमा बनिदिन थालेका छन् । यसरी आमा बन्दा आपसी सहमतिबाहेक अस्पतालहरूको समन्वयमा पाउने पारिश्रमिकका बारेमा पनि एउटा अध्ययनले खुलाएको छ ।

एउटा अध्ययनअनुसार पश्चिमा मुलुकमा भाडाकी आमा बनेवापत कम्तिमा एक लाख ५० हजार डलरसम्म तिर्नुपर्छ । नेपालमा भने ६ हजार डलरसम्म तिर्ने गरिएको छ । कतिपयले भारतीय, पाकिस्तानी र केही युरोपियन पुरुषका लागि नेपाली युवती गर्भवती बन्ने गरेको तथ्यांक बढ्न थालेको बताएका छन् । त्यसका लागि नेपाली युवतीले विदेशी नागरिकसँग मोटो रकम लिने, युरोप अमेरिकातिरको बसाईका लागि कानुनी प्रक्रिया पुरा गरिदिनुपर्ने सर्त राख्ने गरेको बताइन्छ ।

विदेशी उच्च घरानीया, व्यापारी घरानीयाका लागि भाडाकी आमा बन्न नेपालका कतिपय नाम चलेकै युवती पनि गुपचुप ति देशमा पुग्ने गरेको बताइन्छ । नेपालमा सेरोगेसी मदर बन्नका लागि कानुन नभएका बेला नै सुसुप्त हिसाबले चलिरहेको यो प्रक्रियामा मोडलहरूकै संलग्नता पनि बढ्न थालेको थियो । अहिले त नेपाल सरकारले यस प्रक्रियालाई केही सर्त राखेर खुकुलो बनाएको छ । अर्थात, भाडाकी आमा बन्न पाउने कानुन विवादबीच पारित भइसकेको छ ।

‘संसारमा चलेको नियमअनुसार नेपालमा पनि यस्तो प्रक्रिया जारी थियो । तर सामाजिक बन्धन र कानुनको बर्जित रहेकाले मानिसलाई असजिलो थियो । अहिले खुल्नचाहीँ थोरै कठिन होला । तर, कानुनले रोकेको छैन,’ सरकारी अधिकारी भन्छन् । भाडाका आमाबाट सन्तान जन्माउने पद्धति सरोगेट मदरलाई मन्त्रिपरिषद्को २ असोजको बैठकले कार्यवधि बनाएर व्यवस्थित गर्न भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार सेरोगेसी सेवा लिने आमाबाबु र कोख भाडामा दिने महिला (सरोगेट मदर) समेत विदेशी हुनुपर्ने र उनीहरूले सम्बन्धित संस्थाको मापदण्डअनुसार दस्तुर तिरेपछि सेवा लिन पाउनेछन् । स्वास्थ्य संस्थामा हेपा फिल्टर जडित क्यासरियन सेक्सनबाट बच्चा जन्माउने मोडुलर ओटी, आमाका लागि आइसियू, आइभिएफ ओटी तथा ल्याब, बच्चाका लागि कम्तीमा चार शैय्याको एनआइसियू सेवालगायतका पूर्वाधार हुनुपर्ने मापदण्ड पनि छन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया