मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिः २ जना संक्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा विगत २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ४ हजार ३२९ पीसीआर परीक्षणमा २४५ जना र २ हजार १४० एन्टिजेन परीक्षणमा १० जना गरी कुल २५५ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५२६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ पुगेको छ ।

यसैगरी, मंगलवार २५६ जना निको भएसँगै हालसम्म ८ लाख २ हजार ९०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया