बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रदेश ३ : नेकपा संसदीय दलको बैठक सुरु, राजधानी र नाम टुंगो लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश-३ को नेकपा संसदीय दलको बैठक सुरु भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा केहीबेर अघिबाट बैठक सुरु भएको हो।

बैठकमा नेकपाका अधिकांश सांसद उपस्थित छन्। संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने सम्भावना छ।

नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले आजैको बैठकले प्रदेश राजधानी र नाम टुंगो लाग्ने बताएका छन।

नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिइसकेको छ।

तर, नाम र राजधानीको विषयमा नेकपाकै सांसद विभाजित छन्। राजधानी र नामाकरणका विषयमा केही दिनमै प्रदेश सभामा मतदान हुने सम्भावा छन्।

प्रदेश सभामा नेकपा एक्लैको दुई तिहाइ मत छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया