मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

९ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा र १ हजार ८९२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

२४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

देशभर हालसम्म ७ हजार ४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया