भाद्र २७, २०८३ शनिबार September 12, 2026

युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाँई कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरकाे मूल्य तपाई बस्ने ठाउँमा निर्भर हुन्छ । गाउँकाे घरकाे मूल्य तुलनात्मक रुपमा सहरकाे भन्दा सस्ताे हुन सक्छ । तर, युराेपमा एउटा सहर छ, जहाँको घरकाे मूल्य सुन्दा तपाई अ‌ाश्चर्य पर्नु हुन्छ । सन्दर्भ युरोपको केन्द्र इटालीको हो, जहाँ घर किन्न केबल एक युरो भए पुग्छ । नेपालीमा हिसाब गर्दा त्यस्तै १३५ रुपैयाँ हुन ‌अ‌ाउँछ ।

हाे इटालीको भूमध्य सागरनजिक सार्डि्नियास्थित ओलोलाई भन्ने सहरमा एक यूरोमा घर किन्न पाइन्छ । युराेपका जुनसुकै देशका मानिसले यहाँ घर किन्न सक्दछन् । याे किन्ने क्रम पनि जारी छ । सरकारले एक युराेमा घर किन्ने भनेपछि धेरै मानिसहरुकाे ध्यान याे सहरतर्फ माेडिएकाे छ ।

धेरै वर्ष पहिले ओलोलाइमा बाक्लाे बस्ती थियाे । भाैतिक विलासिता र अन्य सुविधाकाे खाेजिमा बिस्तारै मानिसहरु ओलाेलाईबाट अन्य सहरमा बसाइ सरेर जान थाले,  जसका कारण कुनै बेला घना बस्ती रहेकाे सहरकाे जनसंख्या अहिले निरन्तर घटिरहेकाे छ ।

बारम्बार मानिसहरु बसाइँ सरेपछि यहाँका घरहरु खाली  भएका छन् । कुनै बेला  लाखाैं जनसंख्या रहेको ओलााईमा पछिल्लाे ५० वर्षमा घटेर एक हजार ३०० जनामा खुम्चिएकाे छ । जनसंख्या घटेर शहर नै सुनसान हुन थालेपछि सरकारले सित्तैमा घर दिएर पुन बस्ती बसालेकाे हाे । सहरमा सयाैं  पुराना खाली घर छन् ।

घर किन्नुअघि क्रेताले एउटा शर्त भने पालना गर्नै पर्छ । एक युराेमा घर किनिसकेपछि क्रेता अ‌ाफैले सो घरको मर्मत गर्नुपर्छ । मर्मतका लागि सरकारले निश्चित रकम नै तोकेको छ । मर्मत नगरे घर फिर्ता गर्नुपर्छ । नि:शुल्क घर पाइने भएपछि मानिसहरुले एक दुई दर्जन घर किनेर जम्मा गरेकाे बताईन्छ । केही मानिसहरुले घर किन्ने तर त्यसकाे स्याहार सम्भार नगरेपछि पछिल्लाे समय सरकारले मर्मत खर्च पनि एकै पटक  तिर्न भनेकाे छ ।

मर्मत खर्च अग्रीम तिरेपछि सर्वसाधारणहरु केही वर्ष साेही घरमा बस्ने सरकारकाे विश्वास छ ।

घर मर्मतका लागि सरकारले तीन वर्षकाे समयावधि ताेकेकाे छ । अहिलेसम्म  युरोपेली देशका नागरिकहरुले साे सहरका सयाैं घर किनेका छन् । सस्ताेमा घर पाइन थालेपछि युराेपबाहेकका मानिसहरुकाे पनि साे सहरतर्फ आकर्षण बढेकाे इटालीका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार