असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित मिश्रले मतदातालाई दिए धन्यवाद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस सुदूरपश्चिमको प्रथम अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार नारायणदत्त मिश्रले मतदातालाई धन्यवाद दिएका छन् । नाै सय बढी मत गणना भइसक्दा मिश्रका प्रतिस्प्रर्धी वीरबहादुर बलायरको जित सुनिश्चित भएपछि सामाजिक सञ्जालमार्फत मिश्रले मतदातालाई धन्यवाद दिँदै विजयी सबैलाई बधाई दिएका छन् ।

‘नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका मतदातालाई हार्दिक धन्यवाद र विजयोन्मुख साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना छ,’  मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, आगामी दिनमा सँगै मिलेर काम गरौंला ।’ यसअघि देउवा नजिक रहेका मिश्रले सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि भने इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका थिए । प्यानलसहित उम्मेदवारी दिएका मिश्र पक्षका सबै पदाधिकारी पराजित भएका छन् ।

संस्थापन पक्षमबाट सभापतिमा धेरै आकांक्षी हुँदा त्यससको फाइदा उठाउन सकिने मनस्थितिसहित इतर समूहले आ-आफ्नो टिम खडा गरेका थिए ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार