असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्नसक्ने बाटो खोल्न प्रचण्ड र माधव नेपाल सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बन्न नपाउने भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेवार बन्न अस्वीकार गरेका छन् । तर राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने मुद्दाले भने नेकपाभित्र बहस सुरु गरेको छ ।

बुधबार यही मुद्दामा भैंसेपाटीस्थित गौतमकै निवासमा नेकपा नेताहरुबीच छलफल भएको छ । स्रोतकाअनुसार यो छलफलका लागि गौतमसँगै वरिष्ठ नेता माधवकुमार नेपालले पहल गरेका थिए । गौतमले भेटेर आफ्नो मुद्दामा सहमत गराएपछि नेता नेपालले नै अरु नेताहरुलाई छलफलका लागि भैंसेपाटी बोलाएका थिए ।

छलफलमा गौतम र नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)लगायत सहभागी भएका थिए ।

नेताहरुले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने व्यवस्था गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि नीतिगत रुपमा सहमत भएको बताएका छन् । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री छाड्नेरनछाड्ने भोलिको विषय हो, तर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्नु नीतिगत रुपमा सही छ भनेर प्रचण्डसँगै नेता नेपाल र गौतमले भन्नुभयो’, एक नेता भन्छन् ।

यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि नीतिगत रुपमा सहमत भएकाले संविधान संशोधनका लागि उनैसँग थप कुरा गर्ने नेताहरुबीच सहमति भएको छ ।

गौतमले नै बिगारे

तर बैठकमा नेताहरुले नीतिगत रुपमा सही मुद्दा भए पनि नेता गौतमले नै विगारेको भन्दै आक्रोशसमेत पोखेका छन् । पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गर्दा गौतमले आफू प्रधानमन्त्री हुन सांसदमा जान चाहेको तर संविधानले राष्ट्रियसभा सदस्यलाई सरकारको नेतृत्व गर्न रोक लगाएको भन्दै अस्वीकार गरेका थिए ।

अब राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्दा गौतमकै लागि संविधान संशोधन गरेको सन्देश जाने भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार