असार २३, २०८२ सोमबार July 7, 2025

भारतीय रक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी कार्य चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार