असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस अधिवेशन : सर्लाही-३ मा संस्थापन पक्षकाे प्यानल नै विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनकाे प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।

यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको छ भने एक जना स‌ंस्थापनइतर पक्षका विजयी भएका छन् । इतरका नेतृत्व गरिरहेका विनोद खनाल महाधिवेशन प्रतिनिधिमा विजयी हुँदा संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोधी राय पराजित भए । रायले ३४९ मत मात्र प्राप्त गरे ।

प्यानल नै पराजित भएको संस्थापनइतरका खनालले महाधिवेशन प्रतिनिधिमा ४०३ मत प्राप्त गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापनका हरेशप्रसाद महतो र इतरका खनाल प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रीएका थिए ।

योसँगै सर्लाहीमा संस्थापन पक्षले दुई क्षेत्र र इतरले दुई क्षेत्रमा बाजी मारेका छन् । जिल्लाको चार क्षेत्रमध्ये एक र दुई नम्बर क्षेत्रमा इतर पक्ष र तीन र चार नम्बर क्षेत्रको मत परिणाम संस्थापनको पक्षमा आएको हो । संस्थापन र इतर पक्षको लामो टक्राव पछि क्षेत्रीय अधिवेशन सम्पन्न भएकोे निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतको रूपमा खटिएर आएका थिए ।

सर्लाहीमा अझै चार वडामा अधिवेशन गर्न बाँकी छ । क्षेत्र नम्बर ३ मा एक वडा र ४ मा तीन वडाको विवादका कारण वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन ।योसँगै जिल्लामा बाँकी प्रदेश र जिल्ला स्तरीय अधिवेशन केन्द्रीय अधिवेशन पछिमात्र हुने यस पहिला नै तय भइसकेको छ । -न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार