असार २४, २०८२ मंगलबार July 8, 2025

‘राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै दल एक हुनुपर्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले राष्ट्रियताका विषयमा निकास दिने गरी सबै दलले विचार बनाउनुपर्ने बताउनुभयो । देशमा देखिएका विभिन्न खाले समस्या समाधानमा पनि दलीय एकता हुनुपर्नेमा जोड दिनुहँदै उहाँले कांग्रेसका १४औँ महाधिवेशनले त्यस दिशामा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा शुरु भएको नेपालको प्रजातान्त्रिकरणलाई बाह्य हस्तक्षेपमुक्तरूपमा अघि बढाउन कांग्रेसको महाधिवेशन सफल हुनुपर्ने बताउनुभयो । बाह्य हस्तक्षेपकै कारण विसं २००७ मा आएको प्रजातन्त्र आउने जाने भइरहेकाले असङ्लग्नताको नीतिलाई अझै प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

देश जोगाउने मुद्दामा सबै दल एकजुट हुनुपर्ने नेता मैनालीको आग्रह थियो । तटस्थता र पञ्चशीलको सिद्धान्तलाई सबै दल एवम् तीनका नेतृत्वमा बन्ने सरकारले पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । काँग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वडातहसम्म एकता, उत्साह र रुपान्तरणको सन्देश लैजान महाधिवेशन सफल हुने बताउनुभयो । राजनीतिमा लोभ, भ्रम र त्रासको खेती अन्त्य गरी आशाको दियो जगाउनु महाधिवेशनको लक्ष्य रहेको उहाँको विचार थियो ।

काठमाडौं काँग्रेसका सभापति सबुज कृष्ण बानियाँले देशमा सबै कुराको व्यवस्थापन गर्न पार्टीको १४औँ महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसको मोबाइल एपसमेत सार्वजनिक गरिएको थियो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृतिमा प्रकाशन गरिएको पुस्तक विमोचन गर्नुभएको थियो । यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेताको तस्बिरमा माल्यार्पणसहित दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।

काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोह अहिले भृकुटीमण्डपमा चलिरहेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरिरहनुभएको छ । महाधिवेशनका देशभरबाट चार हजार ७०० महाधिवेशन प्रतिनिधि राजधानी आएका छन् । शनिबार आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न उम्मेद्वारी दर्तासहित बन्दसत्र शुरु हुने कांग्रेसले जनाएको छ । सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । महाधिवेशन उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जुलुससहित कांग्रेस कार्यकर्ता भृकुटीमण्डप आएका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । हिमाल, पहाड, तराईका विभिन्न क्षेत्रमा प्रचलनमा रहेको सांस्कृतिक झाँकी पनि महाधिवेशनस्थलमा प्रस्तुत गरिएको छ । महाधिवेशनस्थलमा स्वास्थ्य परीक्षणसहित रक्तदान पनि आयोजना गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार