मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

भारतको गुजरातमा थप दुई जनामा ओमिक्रोन पुष्टि, संक्रमितको संख्या २५ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भारतको गुजरातमा थप दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ। तर, ती दुई संक्रमित व्यक्ति कहीँकतै गएका छैनन्। उनीहरु ओमिक्रोन संक्रमितहरुको सम्पर्कमा रहेको र उनीहरुबाटै सरेको हुनसक्ने जनाइएको छ। योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २५ पुगेको भारतीय सञ्चारमाध्यहरुमा उल्लेख छ।

गुजरातको जामनगरमा ओमिक्रोनको दुई नयाँ केस भेटिएको हो। केही समयअघि सोही स्थानमा अर्का एक व्यक्तिमा ओमिक्रोन संक्रमण देखिएको थियो। गुजरातमा मात्र ओमिक्रोन भाइरसबाट संक्रमित हुनेको संख्या तीन पुगेको छ।

यसअघि महाराष्ट्रमा १०, राजस्थानमा ९, गुजरातमा ३, दिल्लीमा १ र कर्नाटकमा एक जनामा ओमिक्रोनको संक्रमण देखिएको थियो। राजस्थानमा ओमिक्रोनबाट संक्रमित १० जनाको रिपोर्ट नेगेटिभ आइसकेको जनाइएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया