असार १, २०८३ सोमबार June 15, 2026

शिघ्रपतन भएर हैरान हुनु भएको छ, यसरी गर्नुहोस् घण्टौंसम्म सेक्स (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यौनसम्पर्क गरेलगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शिघ्रपतन भनिन्छ । शीघ्रपतन ३ किसिमले र ३ रूपमा हुन्छन्–

( १) लिङ्गमा उत्तेजना आएको तत्कालै पछि विर्य स्खलित भएर जानु ।

(२) लिङ्गसँग योनीको र्स्पर्श या साधारण घर्षण हुँदै विर्य स्खलित भएर जानु ।

(३) लिङ्ग योनीमा प्रवेश गरेर घर्षण आरम्भ भएको एकै छिनमा विर्य स्खलित भएर जानु ।

शिघ्रपतनलाई सघाउने मानसिक कारणहरु  

यसको ९५ प्रतिशत कारण भनेको मानसिक समस्या हो । यौनसम्पर्क गर्दा के हुने होला ? मैले सन्तुष्टि दिन सकिन भने के हुने होला ? भन्ने खालको सानोसानो कुराहरुले पनि शिघ्रपतनलाई सघाईराखेको हुन्छ । सबैभन्दा पहिलो कुरा मानसिक रुपमा चिन्ता नगर्ने, दुईजना यौनसाथीहरुबीचमा सहज ढङ्गले यौनसम्बन्धी कुराहरु गरेमा मात्र यसको समाधान केही सहजता आउनसक्छ ।

अर्को बुझ्नैपर्ने कुरा के हो भने पहिलोपटक यौनसम्पर्क गर्दा सबैलाई शिघ्रपतन हुन्छ । तर शिघ्रपतनको समस्या यौनसम्पर्क गर्दै जाँदा बिस्तारै ठिक हुदैँ जान्छ । त्यसकारण ९५ प्रतिशत कारण मानसिक समस्या नै हो अरु ५ प्रतिशत कारण भनेको संक्रमण वा अन्य कुनै समस्याले गर्दा पनि हुनसक्ने संभावना हुन्छ ।

संभोगका क्रममा अपनाउन सकिने उपायहरु  

यौनसम्पर्क रोक्ने–सुरु गर्ने :  यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने ।

आसन परिवर्तन :  लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।

लिंग अँठ्याउने : यौनसम्पर्क गर्दा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केहीबेरमा यौन उत्तेजना केही कम भएपछि पुन: यौनक्रीडा सुरु गर्ने ।

मांसपेशीको प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्न सक्दा पनि फाइदा हुन्छ ।

वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंगलाई चलाउने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने र यो प्रक्रिया दोहोर्‍याउने । वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि श्रीमतीसँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क अर्थात लिंग योनिमा पसाउने कार्य भने नगर्ने । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने । आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिंगलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने ।

उपयोगी योग अभ्यासहरु 

(क) खुट्टाको पाइताला भुइँमा टेकेर फूर्तिले बस्नुस् र उठ्नुस् । यस प्रकार प्रतिदिन ५० देखि १ सयसम्म डण्ड बैठक लगाउने अभ्यास गर्नुस् । यसले कम्मर र खुट्टा बलियो हुन्छ, विर्यको शुद्धि र वृद्धि हुन्छ। बुढेसकालमा पनि घुँडाहरूमा दुख्ने व्यथा हुँदैन । उमेर ढलिसके पनि तपाईं सम्भोगमा वेगपूर्ण धक्काहरू सरलतापूर्वक बिनाथकाइ लगाउन सक्नुहुन्छ।

(ख) यसै प्रकार सम्भोगको स्थिति जस्तो भएर भुइँमा सुती घचेट्नुस्, अगाडि तान्ने अभ्यास गर्नुस्। ५० बाट बढाएर विस्तारै(विस्तारै ५०० सम्म धक्काहरू रोजै लगाउने अभ्यास गर्नुस्। यसको प्राक्टिसले बुढेसकालमा पनि वेगपूर्ण मैथुन गरेर स्त्री तृप्त गर्न सक्नुहुन्छ।

(ग) सिद्धासन अथवा पद्मासनमा बसेर योनीमण्डल (गुदा र लिङ्ग) लाई पुनः पुनः क्रमैले खुम्च्याउने र फैलाउने क्रियालाई आश्विनी मुद्रा भनिन्छ। यो मुद्रा-क्रिया प्राणको उत्थान र कुण्डलिनी शक्तिलाई जागृत गर्नमा सहायक हुन्छ। वीर्यबाहिनी स्नायुहरूलाई बलियो गर्छ।

(घ) अपानलाई माथि तानेर गुदालाई संकुचित गर्दै गुदा र लिङ्ग स्थानको रन्घ्रलाई बन्द गर्ने क्रियाको नाम मूल्यबन्ध हो, देब्रे खुट्टाको कुर्कुचोलाई गुदा र लिङ्गको मध्य भागमा दृढताले थिचेर गुदालाई खुम्च्याई जनेन्द्रीय स्थान अर्थात् गुदा र लिङ्गको बीचको केन्द्र स्थानलाई दृढतापूर्वक विस्तारै(विस्तारै माथितिर तानेर राख्ने क्रियालाई मूलबन्ध भन्दछन्। विचारणीय कुरा के छ भने अपान वायुमा उत्तेजना भएर नै कामोत्तेजना हुन्छ र यसको शिथिलताले नै युवा व्यक्ति पनि नपुंसक भएर जान्छ।

(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरूको किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५(२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।

(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै(छिट्टै स्खलित हुन्छिन्।

(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।

(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै, राम-राम, हरि-हरि, काली-काली भन्दै मन्त्र दोहोराएर आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १र२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया