असार २४, २०८२ मंगलबार July 8, 2025

गोपालमानको साथ देउवालाई, इतरबाट ‘साझा’ बन्न नसके सभापतिकाे दाैडबाट रामचन्द्र बाहिरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारकाे बदला लिने रणनीतिमा उनी थिए ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनाे बन्दै गएकाे हाे । किन कि सभापतिका आकांक्षी शशा‌ंकले काेइरालाले तीन दिन अघि नै ‘रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने’ बताएका थिए ।

तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।  शेखर पनि  सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।

देउवालाई सिटाैलापछि श्रेष्ठकाे साथ

१३औँ महाधिवेशनबाट सभापति निर्वाचित  भएका देउवा पुन: सभापतिकाे दाबेदारीमा छन्  । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहाेल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।

देउवालाई नेता कृष्णप्रसाद सिटाैलाले साथ दिइसकेका छन्  । यसअघि आफू पनि सभापतिकाे आकांक्षी बताउँदै आएका नेता गाेपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन्  । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।

देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।

शुक्रबारबाट सुरु भएकाे कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ताकाे कार्यतालिका छ । निर्वाचन भने साेमबार हुनेछ ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार