मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

१ सय ७६ शरणार्थीलाई लिबियाबाट रुवाण्डामा सारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ।

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, “आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग गरेर यो वर्ष रुवान्डाको लागि गरिएको यो दोस्रो मानवीय उद्धार उडान थियो।“

ती विस्थापितहरूमा इरिट्रिया, इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बच्चाहरू रहेका छन् । धेरै शरणार्थीहरू बेचबिखनका शिकार भएका वा लैङ्गिक हिंसा र अन्य प्रकारका दुर्व्यवहारबाट बचेका थिए । त्यसैगरी धेरैलाई हिरासतबाट रिहा गरिएको पनि जनाइएको छ ।

शरणार्थीहरूलाई सम्भव भएसम्म तेस्रो देशहरूमा पुनर्वास, स्वैच्छिक फिर्ता वा रुवान्डामा व्यवस्थापन जस्ता टिकाउ समाधानहरू खोज्न मद्दत गर्ने लक्ष्य राखिएको छ।
“रुवान्डामा धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको देख्दा राहत मिल्छ।

हामी यस देशको नेतृत्व र हाम्रा समर्थकहरूलाई उनीहरूले विस्थापितहरूको आशालाई पुनर्जीवित गर्ने प्रयासमा उदार समर्थन गरेकोमा प्रशंसा गर्छौं,” रुवान्डाका लागि UNHCR प्रतिनिधि अहमद बाबा फलले भन्नुभएको छ। सन् २०१७ देखि ७,४९० शरणार्थीहरूले तेस्रो देशहरूमा पुनर्वास गरेको जनाइएको छ ।

धेरै गैरकानूनी आप्रवासीहरू प्रायः अफ्रिकीहरू, लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने गर्छन् । राजनीतिक अराजकताको कारणले गर्दा यो देश २०११ देखि सङ्कटग्रस्त छ। रासस-एएनआई / सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार