काठमाडौंः नेपाली कांग्रेसको जारी महाधिवेशनमा ११३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
शुक्रबारदेखि सुरु भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता गरिएको थियो । बिहान १० बजे सुरु भएको उम्मेदवारी दर्ता पाँच बजे सकिएको थियो ।
कांग्रेस निर्वाचन समितिका अनुसार १३३ निर्वाचित केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।
कांग्रेसमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया