असार २३, २०८२ सोमबार July 7, 2025

फुटबल बादशाह म्याडोनाको हराएको घडी असाममा भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फुटबल बादशाह डियगो म्याडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ । करिव १३ हजार २ सय डलर मुल्यवराबरको हबलट वाच दुबईबाट हराएको थियो । घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे । उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । दुबइ प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानाकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ । दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

घडी हराएपछि दु्बइ प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो । त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए । उनी बसेको घरबाट घडी पनि भेटिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार