असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तरगत भोलि (सोमबार) हुने निर्वाचनका लागि सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको  छ ।

सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता गराउनुभएका एक जना युवराज न्यौपानेले आज उम्मेदवारी फिर्ता लिनुभएपछि अब सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू डा शेखर कोइराला, प्रकाशमान सिंह,  विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ उम्मेदवार रहनुभएको छ ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको प्रकाशित अन्तिम नामावली अनुसार दुई जना उपसभापतिका लागि सात जनाको उम्मेदवारी कायम भएको छ भने, दुई जना महामन्त्रीका लागि ६ जना र ८ जना सह महामन्त्रीका लागि १९ जनाको उम्मेदवारी कायम भएको नेपाली निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले दुई जना उपसभापतिका लागि नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, सुजाता कोइराला, महेश आचार्य, डा.चन्द्र भण्डारी, धनराज गुरुङ  र दिव्यश्वरी शाह उम्मेदवार रहनुभएको जनाएको छ ।

यसैगरी, दुई जना महामन्त्रीका लागि नेताहरू प्रकाश शरण महत, प्रदीप पौडेल, गगन थापा, डा.मिनेन्द्र रिजाल, डा.राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहनुभएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराउनुभएको थियो ।

तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिनुभएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ५५ जना गरी ५७ जनाले मनोनयन फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि  भोलि (सोमबार) बिहान ८ः०० बजेदेखि मतदान हुनेछ ।

भोलि (सोमबार) बिहान सुरु हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको र १ हजार १ सय बुथको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

मतदानलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

मतदान सम्पन्न भएपछि सुरुमा सभापतिको मतगणना हुनेछ । सभापतिमा दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने नेपाली काँग्रेसको विधानमा व्यवस्था रहेको छ ।

सभापतिको टुङ्गो लागेपछि मात्र अरू पदका लागि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । यसपालिको महाधिवेशनमा मतदाताको सङ्ख्या चार हजार ७ सय ४३ रहेको छ ।

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार