काठमाडौंः नेपालमा थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
८ हजार ६ सय ८२ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा २ सय ३४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।
यस्तै, कोरोना सङ्क्रमित मध्ये आज एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरि ५ हजार ८ सय ९० कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया