काठमाडौंः नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् ।
आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेकाे छ । सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए ।
निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएकाे हाे ।
आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएकाे छ ।-न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया