मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मंगलबार थप २ सय ६४ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा थप २६४ जना कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३६२ संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ। देशभर ९६ जना क्वारेन्टाइनमा रहेका छन्। हालः ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया