असार २३, २०८२ सोमबार July 7, 2025

डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा सात यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ ।

विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो। आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो ।

हेलिडोसा एभिएसन ग्रुपले दुर्घटनाले आफूहरूलाई ठूलो पीडा र शोक दिएको जनाएको छ । ‘हामी अनुरोध गर्दछौँ तपाई बुद्धिमानीपूर्वक प्रभावित परिवारहरूलाई सहयोग गर्न एकतामा सामेल हुनुहोस्, जो हामीसँगै यस कठिन समयबाट गुज्रिरहेका छन्’  समूहले उल्लेख गरेको छ । अहिलेसम्म आकस्मिक अवतरणको कारण थाहा हुन सकेको छैन । रासस–एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार