बैसाख २२, २०८३ मंगलबार May 5, 2026

यो महाधिवेशनले कांग्रेसललाई वैधानिकता बाहेक अरु केही प्राप्त भएन । : पुरुषोत्तम दाहाल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको १४ महाधिवेशनमा आएको मत परिणामलाई कसरी हेर्नुभएको छ ?

नेतृत्वको चयन पनि बडो विचित्रसंग जोडिएको छ । अब एकदमै पुरानो पुस्ता पुरानो मान्छे र सबैभन्दा बढी नेपाली कांग्रेसमा त उस्ताउस्तै हो तर आम नेपाली नागरिककाबीचमा धेरै लोकप्रिय नहुनुभएका सभापतिलाई चयन गरेको छ ।

एकातिर अर्कोतिर सर्वाधिक लोकप्रिय मानिनुभएका विश्वप्रकाश र गगन थापाहरुपनि यो नेतृत्वमा आउनुभएको छ । त्यसको पुल बिचको बिन्दु पूर्ण बहादुर खड्का देखिनुभएको छ । यो महाधिवेशनले कांग्रेसललाई वैधानिकता बाहेक अरु केही प्राप्त भएन । न विधिको छलफल भयो न नीतिको त्यसैले यो महाधिवेशन नेतृत्वमै केन्द्रीत रह्यो ।

महाधिवेशनमा सभापति बाहेकका पदमा सबै युवा अनुहार आउनुभएको छ । यसअघि एकलौटी रुपमा पार्टी सञ्चालन गर्दै आउनु भएका सभापति देउवालाई अब कत्तिको चुनौती छ ?

शेरबहादुर देउवा जो प्रधानमन्त्री पनि हुनुहुन्छ । पार्टी सभापति पनि हुनुहुन्छ । र उहाँको प्रतिपक्षबाट उमेद्वारी दिनुभएका नयाँ अनुहारहरु बिजयी हुनुभएको छ । निश्चित रुपमा देउवालाई सन्तुलन मिलाउन र समन्वय गर्न कठिन नै देख्छु । त्यसैले त मैलै अघि पनि भने समन्वयसेतुको रुपमा भुमिका चाही पूर्ण बहादुर खड्काले निर्वाह गर्नुपर्छ । खड्काले नयाँ र पुरानो पुस्तालाई जोड्ने नटबल्टुको रुपमा काम गर्नुपर्छ ।

विश्वप्रकाश शर्मा र गगन थापाले कांग्रेसलाई अव नयाँ गति दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुलाई कत्तिको सहज देख्नुहुन्छ ?

व्यक्तिगत रुपमा भन्ने कुरा एउटा हो भने संस्थागत संयन्त्रको परिचालन गर्ने अर्को कुरा हो । भर्खरमात्र निर्वाचित हुनुभएका उहाँहरुमा व्यक्तिगत रुपमा हेर्दा नयाँ जोस छ जाँगर छ, नयाँ केही दुष्टिकोण पनि छन् । मैले उहाँहरुको दुष्टिकोण पनि हेरे । मैले नेपाली कांग्रेसलाई बढो गहिराइसम्म पुगेर हेरेको छु । मेरो दुई तिनवटा गम्भिर प्रश्न पुराना वा नयाँ दुवै पुस्तालाई छ । नेपाली कांग्रेसलाई प्रशिक्षित गर्नका लागि वडा तहसम्म उहाँहरुले पुस्तकालयको विकास गर्न सक्नुहुन्छ कि नाई ?

नेपाली कांग्रेसभित्रको असहमति हटाउनका लागि जय नेपाल गुनासो अभियान वा कुनै पनि नामको अभियान संचालन गर्न सक्नुहुन्छ कि नाई ? नेपाली कांग्रेसमा वडा नगर क्षेत्र प्रदेश वा केन्द्र कही पनि सहि रठिक समयमा कुनै सञ्चारपनि हुँदैन सम्पर्क सुत्रपनि हुदैन बडो विचित्र छ त्यहाँनिर ।उहाँहरु बाहिर भननुहुन्छ एउटा चिठी पठाएको त्यसको जवाफ लिनलाई कतिपटक फलो गर्नुपर्छ उहाँहरु त्याँ पुग्नुभएको छ अब थाहा पाउनुहुन्छ । उहाँहरुलाई अब आफैले गरेका प्रतिबद्ध मै चुनौती छ ।

पराजयपछि डा मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा पनि दिनुभयो । यसलाई नैतिकता देखाएको भन्न मिल्ला ?

निर्णय ठिक र बेठिक त्यो त उहाँले स्वयम मुल्याङ्कन गर्ने कुरा हो । तर दुईवटा कुरालाई अलग्याएर हेर्नुपर्छ जस्तो लाग्छ मलाई । एउटा कुरा त नेपाली कांग्रेसभित्रको आन्तरिक नेतृत्व चयनको प्रश्न हो । त्यो प्रश्न र आम नागरिक जसले मतदाताको रुपमा उहाँलाई बिजय बनाए ।

उहाँ जुन क्षेत्रबाट निर्वाचित हुनुभएको हो त्यो क्षेत्रको नागरिकको आशा यी दुई कुरालाई उहाँले ख्याल गर्नुपथ्र्यो जस्तो मलाई लाग्छ । मिनेन्द्र रिजाल आन्तरिक प्रतिस्पर्धाबाटमात्रै सांसद हुनुभएको होइन मेरो बिचारमा । उहाँले जुन साहास देखाउनुभएको छ । असल परम्परा बसाउनकालागि उहाँयो यो निर्णय सहि हुन सक्छ । -काठमाण्डौंपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार