असार २३, २०८२ सोमबार July 7, 2025

किम जोङ इलको १०औं वार्षिकीः ११ दिनसम्म सर्वसाधारणलाई नहाँस्न उर्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ ।

किम जोङ उनले सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०औं वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ । सरकारले उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसियाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।

‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तरपूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् । किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा ह्यदघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार