बैसाख २०, २०८३ आइतबार May 3, 2026

ओमिक्रोन त्रास : उत्तरी आयरल्याण्डमा २७ डिसेम्बरबाट नाइटक्लब बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उत्तरी आयरल्याण्डमा रात्रि क्लब डिसेम्बर २७ बाट बन्द गरिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्नका लागि नयाँ प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

त्यहाँको सरकारले उत्तरी आयरल्याण्डमा बढ्दो कोरोना नियन्त्रणमा सहयोग पुग्ने उपायको खोजीका लागि छलफल गरिरहेका छन् ।

पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि भइरहेको छ भने ओमिक्रोन संक्रमितको संख्या पनि बढिरहेको छ ।

संक्रमितको संख्या बढिरहँदा कतिपय देशले संक्रमणलाई रोक्नका लागि विभिन्न उपायहरु अपनाउन थालका छन् ।

बेलायतमा पछिल्लो केही दिन यता दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको भन्दै सावधान बन्न र बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया