बैसाख २०, २०८३ आइतबार May 3, 2026

पश्चिमा देशले रुससँग झुट बोले : पुटिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।

हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ ।

पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् ।

एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे ।

पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया