बैसाख २०, २०८३ आइतबार May 3, 2026

अमेरिकी नौसेनाद्वारा इरान हुँदै यमन पुर्‍याउन लागेको अवैध हतियार बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी नौसेनाको समूहले ठूलो संख्यामा हातहतियार बरामद गरेको छ। अवैधरुपमा इरान हुँदै यमन पुर्‍याउन लागेको अवस्थामा अमेरिकी नौसेनाले हतियार बरामद गरेको हो।

तस्करहरुले अबैध रुपमा ठुलो संख्यामा हातहतियारहरु यमन पुर्‍याउन लागेको सुचना पाएसँगै अमेरिकी नौसेनको टोली ईरान पुगेको थियो। सो सुचनापछि नौसेनाले सोमबारदेखि अरबियन सागर क्षेत्रमा छापा मार्न सुरु गरेको थियो।

उक्त क्रममा नौसेनाले समुद्री किनार नजिकै १४ सयभन्दा बढि कलस्निकोभ शैलिको राइफल र २ लाख २६ हजार ६ सय थान बारुद फेला पारेको अरब न्युजमा खबर छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया