बैसाख २०, २०८३ आइतबार May 3, 2026

टर्की र कतारद्वारा तालिवानसँग काबुलको विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।

उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । “दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्,” स्रोतहरूले भने।

टर्की-कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले रिपोर्ट गरेको छ ।

यसअघि अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भइसकेपछि कतारको प्राविधिक टोलीले काबुल अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरेको थियो ।

अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानभरि अन्तरराष्ट्रिय र स्थानीय उडानहरू स्थगित गरिएको थियो । रासस-एएनआइ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया